News
-
कोहलपुर उवासंघका पदाधिकारीबीच भेटघाट
March 17, 2019 - Newsसुर्खेत, फागुन ३ । सुर्खेत उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच आइतबार वीरेन्द्रनगरमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकन भ्रमणका क्रममा आएको पाँच सदस्यीय टोलीलाई संघका स्वागतसहित दुई संघको अवस्था र साझा सवाहरुका विषयमा छलफल तथा अनुभव आदान प्रदान भएको छ । छलफलमा सहभागी दुबै संघका प्रतिनिधिहरुले संघीय संरचनामा दुई जिल्ला अलग अलग हुँदा दुबै जिल्लाको आर्थिक, सामाजिक तथा प्रशासनिक काममा प्रतिकूल प्रभाव पर्ने भन्दै दुबै जिल्ला एउटै प्रदेशमा रहनुपर्नेमा जोड दिएका छन । -
महिला उद्यम विकास समितिसंग छलफल
February 27, 2019 - Newsसुउवासंघ सचिवालय वीरेन्द्रनगर, फागुन १५ । सुर्खेत उद्योग वाणिज्य संघ र बाग्लुंग उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिका प्रतिनिधिहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । फागुन १५ गते संघको सभाहलमा भएको कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले आधा आकाश ओगट्ने महिलाले आर्थिक समृद्धिको अभियानको आधा हिस्साको नेतृत्व गरिरहेको भन्दै महिला उद्यमीहरुको प्रशंसा गर्नुभयो । -
एस.सी.एफका प्रतिनिधिसंग छलफल
February 24, 2019 - Newsसुर्खेत उद्योग वाणिज्य संघ र सेभ द चिल्ड्रेन नर्वेका प्रतिनिधिबीच फागुन ४ गते महत्वपूर्ण भेटघाट एवं छलफल भएको छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक स्तर एवं व्यवस्थापन समितिको नेतृत्व क्षमता विकासमा निजी क्षेत्रका तर्फबाट संघले गर्नसक्ने सम्भावित पहल एवं प्रयासका विषयमा दुईपक्षीय छलफल भएको हो । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले सामुदायिक विद्यालयको शैक्षिक अवस्थासंगै आर्थिक र भौतिक अवस्था सुधारमा निजी क्षेत्रले सक्दो सहयोग पुर्याउँदै आएको जिकिर गर्नुभयो । -
ग्रीन कलेज सञ्चालनका विषयमा छलफल
February 24, 2019 - Newsसुर्खेत उद्योग वाणिज्य संघ र जीआइजेडका प्रतिनिधिबीच सुर्खेतमा ग्रीन कलेज सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सुर्खेत जिल्लामा अर्गानिक कृषि उपजको उत्पादनदेखि बजारीकरण र प्रवद्र्धन गर्नका लागि ग्रीन कलेज स्थापना गर्ने विषयमा फागुन १२ गते छलफल भएको हो । -
बैंक ब्याज घटाउन अन्तरक्रिया
February 13, 2019 - Newsसुर्खेत, फागुन २ । बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको अस्वभाविक ब्याजदर विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेको संघले फागुन २ गते बैंक तथा वित्तीय संस्थाहरुसंग अन्तरक्रिया गरेको छ । व्यापारी व्यवसायीसंग नंग र मासुजस्तै सम्बन्ध राख्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसायविरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाउँदै कार्यक्रममा सहभागीले बैंकहरु कठोर हुँदै गर्दापनि राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका हुन । -
चर्को बैंक ब्याजविरुद्ध संघद्वारा बैंक बहिष्कारसहित विरोध प्रदर्शन
February 07, 2019 - Newsबैंकहरुले एकपक्षीय रुपमा ब्याजदर बढाएको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले माघ २४ गते वीरेन्द्रनगरमा शान्तिपूर्ण विरोध र्याली प्रदर्शन गरेको छ । र्यालीपछिको कोणसभामा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले यस्तो बैंकहरु पञ्चायतकालीन सामन्ति जमिन्दार जस्ता भएको आरोप लगाएका छन । -
'वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्ने जिम्मेवारी सबैको'
February 02, 2019 - Newsमाघ १८, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्ने जिम्मेवारी सबै नगर तथा वडावासीको भएकाले यो अभियानमा अपनत्व र स्वामित्व लिएर जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा वीरेन्द्रनगर वडा नं. ६ कार्यालयको आयोजना र विंग्स फाउण्डेशन सुर्खेतको प्राविधिक सहयोगमा आज शुक्रबार वीरेन्द्रनगरमा भएको फोहोर मैला व्यवस्थापन कार्यविधि २०७५ कार्यान्वयमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियाका सहभागीले यस्तो आग्रह गरेका हुन । -
निजी क्षेत्र बलियो भए प्रदेश बलियोः मुख्यमन्त्री शाही
January 28, 2019 - Newsउवासंघ सचिवालय सुर्खेत पौष १६ । कालीकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा संकलन गरेको राहत सामाग्री हस्तान्तरण गरेको छ । संघका अध्यक्ष धनबहादुर रावतसहितको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १ लाख २० हजार रुपैयाँको चेक तथा करिव ३ लाख रुपैयाँ बराबरको जिन्सी सामानहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा मुख्यमन्त्री शाहीले सिंगो कर्णाली प्रदेशको आर्थिक समृद्धिसंग संगै आपतविद्मा पनि निजी र सरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । -
कर्णालीमा लगानी गर्न आग्रह
January 28, 2019 - Newsदेहरादुन माघ ९ । सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत लगायत कर्णाली प्रदेशमा औद्योगिक क्षेत्रमा लगानी गर्न भारतीय उद्योगपतिहरुलाई आग्रह गरेको छ । त्रिवर्षीय रणनीतिक कार्य योजना बनाउन भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा रहेको संघको कार्य समितिले माघ ११ गतेका दिन यहाँका उद्योगपतिहरुसंगको भेटमा यस्तो आग्रह गरेको हो । -
संघद्धारा राहत संकलन शुरु
January 31, 2017 - Newsसुर्खेत पौष १२ । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन गरिएको हो । विहीबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा एउटा मिनी जीपमा अट्नेजति खाद्यान्न तथा जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry