Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
महिला उद्यम विकास समितिसंग छलफल
February 27, 2019
सुउवासंघ सचिवालय
वीरेन्द्रनगर, फागुन १५ । सुर्खेत उद्योग वाणिज्य संघ र बाग्लुंग उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिका प्रतिनिधिहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम  सम्पन्न भएको छ ।
फागुन १५ गते संघको सभाहलमा भएको कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले आधा आकाश ओगट्ने महिलाले आर्थिक समृद्धिको अभियानको आधा हिस्साको नेतृत्व गरिरहेको भन्दै महिला उद्यमीहरुको प्रशंसा गर्नुभयो ।
महिलाहरुको नेतृत्व क्षमतामा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको भन्दै अध्यक्ष रावतले घर, र उद्योग व्यवसाय मात्र नभई महिलाले सिंगो राष्ट नै कुशलतापूर्वक नेतृत्व गरेको प्रशस्तै उदाहरण आप्mनै देशमा रहेको जिकिर गर्नुभयो ।
निजी क्षेत्रको नेतृत्व गर्ने उद्योग वाणिज्य महासंघजस्तो छाता संस्थासमेत हाल महिलाकै नेतृत्वमा रहेको जिकिर गर्दै उहाँले महिला उद्यमीहरुको विकास गर्नका लागि महिला उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले सुर्खेत उद्योग वाणिज्य संघले महिलाहरुलाई प्राथमिकतामा राखेर आप्mना कार्यक्रम र गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
उत्कृष्ट महिला उद्यमीलाई सम्मानित एवं पुरस्कृत गर्ने, महिला उद्यमीका उत्पादनको प्रयोग एवं प्रवद्र्धन गर्ने काम संघले गरिरहेको भन्दै उहाँले कोशेली गृहमार्फत महिलाहरुले गरेका उत्पादनको विक्रीको सुनिश्चितता गरिएको उल्लेख गर्नुभयो ।
महिला उद्यमी विकास समिति बाग्लुंगकी अध्यक्ष भगवती के.सीले महिला उद्यमीहरुको सीप तथा दक्षता विकासमा आप्mनो जिल्लामा गरिएका कामहरुको बारेमा अवगत गराउनुभयो ।
आफूहरुले विभिन्न निकायहरुसंगको सहयोग र समन्वयमा सीपमूलक तथा स्वरोजगारमूलक तालिमका साथै नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम प्रशिक्षण गर्ने गरेको जानकारी दिनुभयो ।
संघका महिला उपाध्यक्ष कृष्णाकुमारी थापा, महिला उद्यम विकास समिति संयोजक सिया कार्की प्रधान, महिला सदस्य टीका पौडेललगायतले विभिन्न विषयमा अनुभव तथा सिकाई आदान प्रदान गर्नुभएको थियो ।
संघका सचिव रामप्रसाद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा दुबैतर्फका पदाधिकारी, सदस्यलगायतको सहभागिता रहेको थियो ।
 
For more information please visit: #

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry