Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
बैंक ब्याज घटाउन अन्तरक्रिया
February 13, 2019
सुर्खेत, फागुन २ । बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको अस्वभाविक ब्याजदर विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेको संघले फागुन २ गते बैंक तथा वित्तीय संस्थाहरुसंग अन्तरक्रिया गरेको छ ।
व्यापारी व्यवसायीसंग नंग र मासुजस्तै सम्बन्ध राख्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसायविरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाउँदै कार्यक्रममा सहभागीले बैंकहरु कठोर हुँदै गर्दापनि राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका हुन ।
राज्यको अकर्मण्यताकै कारण व्यापारी व्यवसायी चौतर्फी चपेटामा पर्दै गएको भन्दै व्यापारीहरुले वित्तीय संस्थाहरु कठोर बने आपूmहरुपनि कठोर बन्ने चेतावनी समेत दिएका छन ।
संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरुले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य बनाएको टिप्पणी गर्नुभयो ।
बैंक र व्यापारी दुबैले व्यापार नै गर्ने भएको हुँदा दुबैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, हामी व्यापार गरेर बस्न चाहन्छौं, हामीलाई आन्दोलनमा जान बाध्य नपारियोस् ।
निजी क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंक ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रुपमा रहेको राज्यले निजी क्षेत्रको पिरमर्कापनि बुझिदिनुपर्ने उल्लेख गर्नुभयो ।
संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले मुद्दति खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको दाबी गर्नुभयो ।
बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र नउकासिने भन्दै उहाँले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
संघका कोषाध्यक्ष भद्र भण्डारीले आर्थिक तरलता र अन्य कुनैपनि किसिमको समस्या र प्राकृतिक प्रकोप समेत नभएको अवस्थामा एकाएक व्याजदर वृद्धि गर्नु अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।
एकअर्काका समस्या समाधानमा परिपूरकका रुपमा रहनुपर्ने बैंकहरु आप्mना ग्राहकप्रति लचिलो हुनुपर्ने जिकिर गर्दै उहाँले आपसी सम्बन्ध तिक्ततापूर्ण हुन नहुनेमा जोड दिनुभयो ।
संघका पूर्व महासचिव गोपालकृष्ण गिरीले बैंकहरुको संख्या बढेसंगै सेवासुविधा र सहुलियत वृद्धिमा होडबाजी हुनुपर्नेमा ब्याज वृद्धिमा प्रतिष्पर्धा भइरहेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
पूर्व उद्योग उपाध्यक्ष वासुदेव शर्माले चर्को ब्याजदरका कारण व्यापार व्यवसाय चौपट भए त्यसको असर बैंकलाई पनि पर्ने भन्दै एकअर्काको सुरक्षाको सवालमा दुबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
संघका सचिव रामप्रसाद पाण्डेले गार्हो सार्हो परेकै कारण आप्mना घरजग्गा धितोधरौटी गरेर ऋण लिएर व्यापार गर्ने व्यापारीलाई चर्को ब्याजदरले उठिवास लगाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकर्स एशोसियन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रमसंगै बढेजस्तै बैंकको ब्यादरपनि समयसापेक्ष रुपमा बढिरहेको तर्क गर्नुभयो ।
बैंकको ब्याजदर घटाउने बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने गरी माध्यमका रुपमा काम भने गर्नसकिने जिकिर गर्नुभयो ।
यस्तै,ज्योति विकास बैंकका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटर ब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक आर्थिक ढंगले आर्थिक कारोवार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गर्नुभयो ।
कार्यक्रममा  कार्य समिति सदस्य कपिलमणि सुवेदी, भीमप्रसाद पौडेल वस्तुगत समितिका अध्यक्ष योगेश केसी. खड्ग ढकाल, सुनचाँदी वस्तुग समितिका उपाध्यक्ष सन्तोष बराइलीलगायतले मनपरी रुपले ब्याज बढाइएको भन्दै विरोध जनाउनुभयो ।

 
For more information please visit: #

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry