Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
एस.सी.एफका प्रतिनिधिसंग छलफल
February 24, 2019
सुर्खेत उद्योग वाणिज्य संघ र सेभ द चिल्ड्रेन नर्वेका प्रतिनिधिबीच फागुन ४ गते महत्वपूर्ण भेटघाट एवं छलफल भएको छ ।
जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक स्तर एवं व्यवस्थापन समितिको नेतृत्व क्षमता विकासमा निजी क्षेत्रका तर्फबाट संघले गर्नसक्ने सम्भावित पहल एवं प्रयासका विषयमा दुईपक्षीय छलफल भएको हो ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले सामुदायिक विद्यालयको शैक्षिक अवस्थासंगै आर्थिक र भौतिक अवस्था सुधारमा निजी क्षेत्रले सक्दो सहयोग पुर्याउँदै आएको जिकिर गर्नुभयो ।
विद्यालयहरुले शिक्षित मात्र भन्दा पनि शिक्षासंगै दक्षतासहितको जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम निर्धारण गर्नुपर्नेमा जोड दिंदै उपाध्यक्ष वस्नेतले त्यसका लागि सहयोग गर्न निजीक्षेत्र तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
संघका सचिव रामप्रसाद पाण्डेले पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा तुलानात्मक सुधार आउँदै गरेको जिकिर गर्दै शैक्षिक अवस्था सन्तोषजनक हुँदै गएको प्रतिक्रिया दिनुभयो ।
संघकातर्फबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हौसला एवं मनोवल बढाउनका लागि एसएईएसीमा सर्वाधिक उत्तीर्ण हुने दुई जना छात्र, छात्रालाई वार्षिक रुपमा नगदसहित सम्मान गर्दै आएको जानकारी गराउनुभयो ।
संघका निमित्त कार्यकारी निर्देशक गणेश कार्कीले सीमान्तकृत, विपन्न र अपांगता भएका विद्यार्थीहरुलाई संघले साधारणसभाका अवसरमा वार्षिक रुपले छात्रवृत्ति दिंदै आएको उल्लेख गर्नुभयो ।
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा संघद्धारा सञ्चालित अमेरिकन कर्नरमार्फत बालबालिकाको शैक्षिकस्तर वृद्धिसंगै प्रतिभा प्रष्फुटनका गतिविधि हुँदै आएको जानकारी गराउनुभयो ।
यस्तै विभिन्न सामुदायिक विद्यालयहरुको पुस्तकालयका लागि पुस्तक तथा शैक्षिक सामाग्री सहयोग गरिएको बारेमा पनि नर्वेजियन प्रतिनिधिहरुलाई गराइएको थियो ।
कार्यक्रममा सेभ द चिल्डेनका साइन क्रिष्टेन्सेन र क्यामरोन रायलले जिल्लाका सामुदायिक विद्यालय र निजी क्षेत्रबीचको सम्बन्धका विविध आयामबारे संघका प्रतिनिधिसंग जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा संघका सदस्यद्धय भीमप्रसाद पौडेल र राजु पाण्डे, सेभ द चिल्डेनका मातृका शर्मा, बालमुकुन्द महत, आत्मराम भट्टराईको सहभागिता थियो ।

 
For more information please visit: #

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry