Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
ग्रीन कलेज सञ्चालनका विषयमा छलफल
February 24, 2019
सुर्खेत उद्योग वाणिज्य संघ र जीआइजेडका प्रतिनिधिबीच सुर्खेतमा ग्रीन कलेज सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
सुर्खेत जिल्लामा अर्गानिक कृषि उपजको उत्पादनदेखि बजारीकरण र प्रवद्र्धन गर्नका लागि ग्रीन कलेज स्थापना गर्ने विषयमा फागुन १२ गते छलफल भएको हो ।
छलफलका क्रममा जीआएजेडका तेजहरि घिमिरेले अर्गानिक उत्पादनका प्रवद्र्धन गर्ने उद्देश्यले अहिले छिमेकी मुलुक भारतका विभिन्न ठाउँमा समेत ग्रीन कलेजको अवधारणा लागू भएको जानकारी दिनुभयो ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भएका नाताले सुर्खेत उद्योग वाणिज्य संघले जिल्लामा ग्रीन कलेज आफैले सञ्चालन गर्नुपर्ने सुझाव दिंदै उहाँले त्यसो गर्न नसकिने सहयोगी संस्थाका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले विगतमा इलम प्रशिक्षण केन्द्र सञ्चालनको अनुभव रहेको जिकिर गर्दै आपूmहरु ग्रीन कलेज सञ्चालनका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
अहिले कृषि क्षेत्रमा अर्गानिक उत्पादनको माग बढ्दै गएका कारण यसका लागि यस विषयमा दक्ष जनशक्ति उत्पादनको आवश्यक्ता पनि रहेको औंल्याउनुभयो ।
वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले प्रदेश सरकारले समेत कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरिसकेको सन्दर्भमा आवश्यक नीति नियम बनाई दिए काम गर्न सहज हुने जिकिर गर्नुभयो ।
यस्तै उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले ग्रीन कलेज सञ्चालनका लागि संघले पूर्वाधार विकास लगायतका काम गर्नसक्ने जिकिर गर्दै अन्य क्षेत्रमा भने दातृ निकायको सहयोगका आवश्यक्ता रहेको औल्याउनुभयो ।
जीआइजेडका दीपक अधिकारीले ग्रीन कलेज सञ्चालन गर्न सुर्खेत उद्योग वाणिज्य संघ तयार रहे आपूmहरु प्राविधिक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । 
 
For more information please visit: #

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry