कोहलपुर उवासंघका पदाधिकारीबीच भेटघाट
March 17, 2019

अध्ययन अवलोकन भ्रमणका क्रममा आएको पाँच सदस्यीय टोलीलाई संघका स्वागतसहित दुई संघको अवस्था र साझा सवाहरुका विषयमा छलफल तथा अनुभव आदान प्रदान भएको छ ।
छलफलमा सहभागी दुबै संघका प्रतिनिधिहरुले संघीय संरचनामा दुई जिल्ला अलग अलग हुँदा दुबै जिल्लाको आर्थिक, सामाजिक तथा प्रशासनिक काममा प्रतिकूल प्रभाव पर्ने भन्दै दुबै जिल्ला एउटै प्रदेशमा रहनुपर्नेमा जोड दिएका छन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बाँके बर्दियालाई कर्णालीमा समेट्नका लागि नागरिकस्तरबाट आन्दोलन र अभियान थालिएपनि राजनीतिक समर्थन नभएसम्म सफल नहुने भन्दै पहिला राजनीतिक समर्थन जुटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
साविकका भेरी, कर्णाली र राप्तिका तीनवटै जिल्लाका उद्योग वाणिज्य संघहरुको पहलमा पहिला सर्वपक्षीय छलफलको आयोजना गरी समर्थन जुटाउनुपर्छ, उहाँले भन्नुभयो, त्यसपछि आवश्यक्ताअनुसार दबावमूलक अभियान सञ्चालन गर्नुपर्छ ।
अव्यवहारिक रुपमा खिंचिएको प्रदेश विभाजनको सिमानाले दुईपक्षीय भावनात्मक सम्बन्धलाई कमजोर बनाउन नसक्ने भन्दै अध्यक्ष रावतले साझा समस्या र साझा सवालमा एकमुख एकजुट हुुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारीले साविकका एउटै अञ्चलमा रहेका बाँके बर्दिया र सुर्खेतबीच व्यपारिक सम्बन्ध मात्र नभई साँस्कृतिक र पारिवारिक सम्बन्धपनि रहेको उल्लेख गर्दै कर्णालीमै रहने आपूmहरुको प्रबल ईच्छा र स्पष्ट धारणा रहेको जिकिर गर्नुभयो ।
विगतमा संघीय संरचनाको नक्शांकन गर्दा नै विरोध र आन्दोलन गरी सुर्खेतमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउनुपर्नेमा बाध्यतावश त्यसो गर्न नसकिएपनि अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने उहाँको भनाई छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र शर्माले आपसी समस्या र साझा सवालहरुमा बेग्लै प्रदेश बेग्लै जिल्ला भनेर हात बाँधेर बस्न नहुने सुझाव दिनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकालले पश्चिममा भूरीगाउँ तेलपानी, पूर्वमा सल्यान दांगको सडकका कारण अन्य जिल्लासंगको दूरि छोटिंदै गएको अवस्थामा बाँकेसंग दूरीपनि घटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
संघका महासचिव लक्ष्मण कंडेलले पछिल्लो सीमांकनले एकैघरका तीन भाईलाई बलजप्mती छुट्याइएको जस्तो अनुभूति भएको भन्दै अब पहिलेझै एकै परिवारमा समाहित हुने बेला आएको टिप्पणी गर्नुभयो ।
यस्तै कोषाध्यक्ष भद्र भण्डारीले भविष्यमा उद्योगहरुको विस्तार हुने अवस्थामा सुर्खेतलाई दक्षिणी नाकाको आवश्यक्ता पर्ने र बाँके बर्दियालाई छिटोछरितो दैनिक प्रशासनिक कामका लागि सुर्खेत चाहिने भएको हुँदा तत्कालै ठोष निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्नुभयो ।
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry