Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
कर्णालीमा लगानी गर्न आग्रह
January 28, 2019
उवासंघ सचिवालय
देहरादुन माघ ९ । सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत लगायत कर्णाली प्रदेशमा औद्योगिक क्षेत्रमा लगानी गर्न भारतीय उद्योगपतिहरुलाई आग्रह गरेको छ ।
त्रिवर्षीय रणनीतिक कार्य योजना बनाउन भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा रहेको संघको कार्य समितिले माघ ११ गतेका दिन यहाँका उद्योगपतिहरुसंगको भेटमा यस्तो आग्रह गरेको हो ।
इण्डष्टिज एशोसियसन अफ देहरादुनका पदाधिकारीसंग भएको भेटमा संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा जडिबुटी, जलविद्युत र पर्यटनमा लगानी गर्न आग्रह गर्नुभयो ।
देहरादुन र कर्णालीबीच धार्मिक पर्यटनको क्षेत्रको प्रशस्त सम्भावना रहेको औल्याउँदै उहाँले त्यसका लागि सहजीकरण गर्न आपूmहरु तयार रहेको जानकारी गराउनुभयो ।
जडिबुटीको खानी रहेको कर्णालीमा औषधी उद्योगपनि सञ्चालन गर्न सकिने भन्दै अध्यक्ष रावतले देहरादुनका औषधी उद्योगीहरुलाई लगानीका लागि आग्रह गर्नुभयो ।
भर्खरै वामे सर्दै गरेको कर्णाली प्रदेशको समृद्धिका लागि बाह्य लगानीको पनि उत्तिकै रहेको भन्दै अध्यक्ष रावतले लगानी आकर्षण र सुरक्षणका लागि सुर्खेत उद्योग वाणिज्य संघले पहल गर्ने प्रतिवद्धतापनि जनाउनुभयो ।
कार्यक्रममा इण्डष्टिज एशोसियसनका अध्यक्ष पंकज गुप्ताले भारत र नेपालबीचको दौत्य सम्बन्धसंगै अब व्यवसायिक सम्बन्धपनि विस्तार गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
एकैचोटी ठूलो लगानी र ठूल्ठूला उद्योग सम्भव नभएपनि साना तथा मझौला उद्योगहरुलाई स्तरोन्नति गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै देहरादुनका प्रतिष्ठित उद्योगी आर.एन.एस रावतले उत्तरप्रदेशबाट अलग्गिएर उत्तराखण्ड बनेको १९ वर्षमा धेरै औद्योगिक प्रगति भइसकेको उल्लेख गर्दै कर्णालीमा पनि त्यस्तै सम्भावना आपूmले देखेको जिकिर गर्नुभयो ।
संघका पदाधिकारीहरुले आजै देहरादुनस्थित गोर्खा सुधार समाजका पदाधिकारीसंगपनि भेटघाट तथा छलफल गरेको छ । 
भोलि विहीबार उद्यमसिंह नगरस्थित कुमाउ गढवाल उद्योग वाणिज्य संघका पदाधिकारीसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।   
 

For more information please visit: www.surkhetchamber.org.np

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry