Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
'वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्ने जिम्मेवारी सबैको'
February 02, 2019

माघ १८, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्ने जिम्मेवारी सबै नगर तथा वडावासीको भएकाले यो अभियानमा अपनत्व र स्वामित्व लिएर जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा वीरेन्द्रनगर वडा नं. ६ कार्यालयको आयोजना र विंग्स फाउण्डेशन सुर्खेतको प्राविधिक सहयोगमा आज शुक्रबार वीरेन्द्रनगरमा भएको फोहोर मैला व्यवस्थापन कार्यविधि २०७५ कार्यान्वयमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियाका सहभागीले यस्तो आग्रह गरेका हुन ।

कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले नगरलाई सफा र स्वस्थ राख्न संघले विगतदेखि नै अभियान सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा नि नगर सफाईलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभ यो ।

हामीले अघिल्ला वर्षमा ३२ हप्तासम्म नगर सरसफाई अभियान सञ्चालन गरिसकेका छौं, उहाँले भन्नुभयो, नगरलाई सफा र स्वस्थ राख्ने अभियानमा निजी क्षेत्रको पूर्ण सहयोग र समर्थन रहन्छ ।

वडा कार्यालयले हालै पारित गरेको कार्यविधिमा केहि व्यापारी व्यवसायीहरुको असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्न पनि उहाँले वडा कार्यालयको ध्यानाकर्षण गराउनुभयो ।

वडाध्यक्ष मोतिप्रसाद कंडेलले सरसफाई मान्छेको आनीबानी र संस्कारसंग जोडिएको कुरा भएकाले अहिले नै दण्ड जरिमाना तिराईहाल्ने पक्षमा आपूmहरु नभएको उल्लेख गर्नुभयो ।

सकभर चेतनामूलक अभियान र कार्यक्रमबाट फोहोर व्यवस्थापनमा वडावासीलाई नै अग्रसर बनाइने जिकिर गर्दै उहाँले त्यसपछि पनि अटेर गरिए कार्यविधि बमोजिम दण्ड जरिमानाको सजाय गरिने जानकारी दिनुभयो ।

यस्तै वडा सदस्य एवं सरसफाई संयोजक उपेन्द्र खड्काले सरसफाइको विषय सबैको साझा सरोकारको विषय भएकाले सबै पक्षको अपनत्व र स्वामित्व रहने गरी कार्यविधि बनाइएको भन्दै कार्यविधि पालना गर्नु सबै वडावासीको दायित्व हुने तर्क गर्नुभयो ।

यस्तै, विंग्स फाउण्डेशनका डा नवराज केसीले प्लाष्टिकजन्य फोहोरमा हुने डाएक्सिन नामक रसायनका कारण क्यान्सर, सन्तानविहीनतालगायत हजारौं रोग लाग्नसक्ने भन्दै प्लाष्टिकलाई प्रतिवन्ध या पुर्नप्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सुर्खेतमा औषधीजन्य, मासुजन्य तथा प्लाष्टिकजन्य फोहोर उत्सर्जन अरुभन्दा धेरै भैरहेको भन्दै उहाँले यस्ता फोहोरहरुको व्यवस्थित विसर्जन नगरे दीर्घकालीन रोग र समस्या निम्तिनेतर्फ बेलैमा सचेत रहन सुझावपनि दिनुभयो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि माया सापकोटाले आफ्नो संस्थाको सहयोगमा वितरण गरिएका ५० जोड डस्टबिन वडाका विभिन्न ठाउँमा राखिएपनि डस्टबिनको समुचित प्रयोग नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीले फोहोर संकलनवापत वडाले उठाउने शुल्क अचाक्ली बढि भएको भन्दै संशोधन गर्न सुझाव दिएका छन ।

यस्तै, फोहोर संकलन वापतको शुल्क उठाउन नियमित आउने गरेपनि फोहोर उठाउन भने नियमित नआउने गरेका कारण सडक छेउमा फोहोर थुप्रिंदै गएको जिकिर गरेका छन् ।

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry