सुर्खेतमा सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनीको पूर्वतयारी सम्पन्न!

सुर्खेतमा सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनीको पूर्वतयारी सम्पन्न! 🚀
राष्ट्रिय युवा परिषद्को आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘कर्णाली प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी’ को पूर्वतयारीका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। स्थानीय उत्पादनलाई नयाँ ढंगले अघि बढाइरहेका उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा व्यवसायीहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै उत्पादित वस्तुहरूको प्रदर्शनी समेत गरेका थिए।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रतिनिधिहरूले आगामी प्रदेशस्तरीय प्रदर्शनीका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले युवा र महिला उद्यमीहरूका लागि संघले ‘उद्यमी हेल्प डेस्क’ मार्फत VCTS सेवा र व्यावसायिक प्रस्तावना लेखन जस्ता कार्यमा निःशुल्क सहयोग गरिरहेको बताउनुभयो। कर्णालीका रैथाने बाली, आईटी क्षेत्र र विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको यो कार्यक्रमले प्रदेशको स्टार्टअप र प्रविधि क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

Author

Surkhet Chamber

Leave a comment

Your email address will not be published. Required fields are marked *