राष्ट्रिय युवा परिषदको आयोजनामा सञ्चालन हुन गइरहेको “युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी” मा सहभागिता जनाउनका लागि पातालगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योगकी सदस्य श्री निर्मला चौधरी सुर्खेत उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको SME हेल्पडेस्क
मा उपस्थित भई आवेदन प्रक्रिया पूरा गर्न सफल हुनुभएको छ।
यदि तपाईं पनि सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग आबद्ध हुनुहुन्छ र उक्त प्रदर्शनीमा सहभागी भई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न चाहनुहुन्छ भने, सुर्खेत उद्योग वाणिज्य संघको SME हेल्पडेस्क मा सम्पर्क गरी यस अवसरको लाभ लिनुहुन अनुरोध छ।