कर्णालीमै पहिलो पटक सुर्खेत उद्योग वाणिज्य संघद्वारा ‘व्यवसाय सम्बर्द्धन सेवा’ (Incubation) र ‘व्यवसाय औपचारीकिकरण’ कार्यक्रमको शुभारम्भ

सुर्खेत | बैशाख १६, २०८३

सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाको व्यावसायिक वातावरणलाई थप गतिशील र मर्यादित बनाउने उद्देश्यका साथ दुई महत्वपूर्ण कार्यक्रमहरू— व्यवसाय सम्बर्द्धन सेवा (Business Incubation Services)व्यवसाय औपचारीकिकरण (Formalize your Business) को संयुक्त रूपमा उद्घाटन गरेको छ।

उद्घाटन समारोह

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विनोद कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहले निजी क्षेत्रको उत्थान भएमा मात्र देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रको संरक्षण (Protection) र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख श्री निलकण्ठ खनालले निजी क्षेत्रका समस्याहरू समाधान गर्न स्थानीय सरकार सदैव तत्पर रहने र निजी क्षेत्र सफल भए मात्र नगरको समग्र विकास सम्भव हुने कुरामा जोड दिनुभयो। त्यस्तै, वीरेन्द्रनगर वडा नं. ६ का वडा अध्यक्ष श्री जनक बहादुर रावलले दर्ता प्रक्रियामा नआएका व्यवसायहरूलाई कानुनी दायरामा ल्याउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने र वडा कार्यालयले यसमा पूर्ण सहयोग गर्ने बताउनुभयो।

कार्यक्रमको प्राविधिक पक्ष र उद्देश्य

संघका कार्यकारी निर्देशक श्री छत्र के.सी. ले कार्यक्रमको प्राविधिक पक्षबारे विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो। उहाँका अनुसार:

  • यो कार्यक्रमले नयाँ उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने र स्टार्टअपहरूको ‘सर्भाइभल रेट’ (Survival Rate) बढाउने लक्ष्य राखेको छ।

  • संघले नयाँ उद्यमीहरूका लागि सीड फन्डिङ म्याचिङ (Seed Funding Matching) को व्यवस्था मिलाउन समन्वय गर्नेछ।

  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा ‘व्यवसाय सम्बर्द्धन’ र वडा नं. ६ को सहयोगमा ‘व्यवसाय औपचारीकिकरण’ कार्यक्रम सञ्चालन गरिएको हो।

८ जना विज्ञ परामर्शदाताको नियुक्ति

संघको मिति २०८३ वैशाख १४ गतेको कार्यसमिति बैठकको निर्णयानुसार संस्थालाई व्यवस्थापकीय सहयोग तथा रणनैतिक सल्लाह प्रदान गर्न ८ जना विज्ञ परामर्शदाताहरू नियुक्त गरिएको छ। नियुक्त हुनुभएका विज्ञहरू यस प्रकार हुनुहुन्छ:

क्र.सं. परामर्शदाताको नाम क्षेत्र/विज्ञता
ऋषिकेश्वर खनाल व्यवस्थापन सल्लाहकार
गोविन्द केसी उद्यमशीलता विकास
सीए छविलाल आचार्य आर्थिक सल्लाहकार
राजेन्द्र विष्ट जडीबुटी विज्ञ
हरिमदन अधिकारी उच्च मूल्य शृङ्खला तथा संस्थागत विकास
पन्नदेव भट्ट ICT व्यवस्थापन तथा AI विज्ञ
सागर केसी मार्केटिङ तथा सेल्स एक्सपर्ट
समिर नेवा अन्तर्राष्ट्रिय व्यापार विज्ञ

सहभागी र आगामी योजना

संघका अध्यक्ष श्री हर्षविक्रम खड्काले कार्यसमितिले जिम्मेवारी सम्हालेदेखि नै नवीनतम सोच भएका युवाहरूका लागि विभिन्न सीप र पैरवीका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। यस कार्यक्रमका लागि ५५ जनाको आवेदन प्राप्त भएकोमा निर्देशिका बमोजिम पहिलो ‘कोहर्ट’ मा २५ जनालाई सहभागी गराइने र बाँकीलाई दोस्रो चरणमा समेटिने संघले जनाएको छ।

कार्यक्रममा NYEF सुर्खेत च्याप्टरका अध्यक्ष श्री कमल सुवेदी, संघका वस्तुगत समितिका अध्यक्षहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू र कार्यसमितिका सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो। यो कार्यक्रम आगामी २ महिनासम्म विभिन्न चरणमा सञ्चालन हुनेछ।

Author

Surkhet Chamber

Leave a comment

Your email address will not be published. Required fields are marked *