सुर्खेत उवासंघकफ अगुवाईमा सरसफाई अभियान गर्ने
November 19, 2015
सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा जारी वीरेन्द्रनगर सरसफाई अभियानमा सक्रियताका साथ स्वतःस्फूर्त रुपमा सहयोग गर्नेहरुको नामावली सम्मानसहित जिल्लास्थित विभिन्न आमसञ्चारका माध्यमहरुबाट प्रकाशन प्रशारण गरिने भएको छ ।सरसफाई अभियानमा सम्वद्ध विभिन्न सरोकारवाला निकायहरुबीच आज (बुधबार) बसेको बैठकले हालसम्म भएका सरसफाई अभियानको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।
आप्mनो घरआँगन तथा पसल उद्योगको फोहोर उचित ढंगले व्यवस्थापन र विसर्जन गर्नुका साथै सरसफाई अभियानमा सक्रियताका साथ सहयोग गर्नेहरुको सम्मान र प्रोत्साहनका लागि उनीहरुको नाम ससम्मान सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण गर्ने भएको हो ।
आगामी दिनमा सरसफाई अभियानको अनुगमन तथा सरसफाई गरी सम्मानित हुनेहरुको मूल्यांकन गर्नका लागि संस्थागत प्रतिनिधित्व रहने गरी ५ सदस्यीय अनुगमन तथा मूल्यांकन समितिपनि गठन गरिएको छ।
उक्त समितिमा सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका, नेपाल पत्रकार महासंघ, सामुदायिक सुधार संस्था, र वडा नागरिक मञ्च रहेका छन ।
फोहोर गर्नेलाई आर्थिक वा अन्य किसिमका दण्डात्मक कारवाही गरेर मात्र सुधार गर्न नसकिने भन्दै संघका अध्यक्ष प्रकाश अधिकारीले पहिला सकरात्मक र रचनात्मक ढंगले चेतना र हौंसला बढाउँदै लगेमात्र अभियानले सार्थकता पाउने तर्क गर्नुभयो ।
यसैगरी वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले शुरुवाती चरणमा चेतनामूलक अभियान सञ्चालन गरिने भन्दै दण्ड जरिमानाका लागिपनि नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निजी क्षेत्रको आग्रह अनुसार आगामी नगरपरिषदमा नगर सरसफाईको एजेण्डालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रतिवद्धतापनि जनाएका छन ।
हरेक शनिबार बजार सरसफाई गर्ने अभियानअनुसार आउँदो मंसिर ५ गते पहिलो शनिबार जिल्लाका विभिन्न राजनीतिक दलका नगरस्तरीय समितिहरुको नेतृत्वमा बजार सरसफाई गरिने भएको छ ।
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry