Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
चौथो राष्ट्रिय कर दिवसका अवसरमा विहान वीरेन्द्रनगरमा संयुक्त प्रभातफेरिको आयोजना
November 01, 2015
चौथो राष्ट्रिय कर दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय सुर्खेतको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा मंगलबार विहान वीरेन्द्रनगरमा संयुक्त प्रभातफेरिको आयोजना गरिएको छ ।

‘समृद्ध राष्ट्र निर्माण र फराकिलो करआधार,करदातामैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने मूल नाराका साथ मंगलगढीचौकबाट शुरु भएको प्रभातफेरि बजार परिक्रमापछि वीरेन्द्रचौकमा सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले नागरिकहरुले तिरेको कर राज्यले नागरिकहरुकै सेवासुविधामा खर्च गर्ने भएकाले कर तिर्नु हरेक नागरिकको कर्तब्य र दायित्व दुबै भएको उल्लेख गर्नुभयो ।

राज्य सञ्चालको मुख्य आयश्रोत र आर्थिक मेरुदण्ड भनेकै नागरिकले तिर्ने कर भएकाले जिम्मेवारीका साथ कर तिरेर राज्यलाई आर्थिक रुपले सबल र सक्षम बनाउनपनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले हरेक व्यवसायीले जिम्मेवार र इमान्दार भएर कर तिर्नुपर्नेमा जोड दिंदै राज्यले पनि कर प्रणालीमा सुधार गरी सहज र शुलभ बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

व्यवसायीहरुको आग्रहअनुसार सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) को थ्रेस होल्ड २० लाखबाट बढाएर ५० लाख पु¥याउनु सकारात्मक भएपनि कतिपय नीतिगत र कतिपय प्रक्रियागत झण्झटका कारण व्यवसायीहरुले चाहेरपनि चाहेको समयमा कर तिर्न समस्या भइरहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय सीमानाकामा देखिएको अवरोध र अघोषित नाकावन्दीका कारण व्यापार व्यवसाय धराशायी हुने अवस्था आएको भन्दै उहाँले अवरोध हटाउन सरकारले गम्भीरताका साथ पहल नगरे कर संकलनमा पनि गिरावट आउनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसैगरी करदाता सेवा कार्यालय सुर्खेतका कर अधिकृत प्रेमप्रसाद आचार्यले करदाताहरुको सुविधा र सहजतालाई मध्यनजर गर्दै कर तिर्ने प्रक्रियालाई समसापेक्ष रुपमा सहज र सरल बनाइएको जानकारी दिनुभयो ।

नेपालको कर प्रणाली अन्तर्राष्ट्रियस्तरमै वैज्ञानिक र व्यवहारिक भएको जिकिर गर्दै उहाँले हरेक नागरिकले जिम्मेवार भएर कर तिरे राज्यले वैदेशिक सहयतामा भरपर्न नपर्ने दाबी गर्नुभयो ।

प्रभातफेरिमा सुर्खेत उद्योग वाणिज्य संघको कार्य समिति, करदाता सेवा कार्यालयका कर्मचारी र बजार क्षेत्रका व्यापारी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कर सप्ताहको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले मंसिर ७ गते विभिन्न सरोकारवाला निकायहरुसंग करका विषयमा अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको अवसर पारेर नेपाल सरकारले २०६९ सालदेखि वर्षेनी मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry