संघकाे मानार्थ विशिष्ठ सदस्य तथा सल्लाहकारहरुको मनोनयन
October 30, 2015
सुर्खेत, १३ कात्तिक । सुर्खेत उद्योग वाणिज्य संघले दुई जनालाई मानार्थ विशिष्ठ सदस्य र ११ जनालाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको नियमित मासिक बैठकले मोतिप्रसाद कंडेल र टुकाराम लामिछानेलाई मानार्थ विशिष्ठ सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । लामो समयदेखि संघका विविध गतिविधि र क्रियाकलापमा सक्रियतापूर्वक सहयोग पु¥याएकोमा सम्मान स्वरुप मानार्थ विशिष्ठ सदस्यता दिने निर्णय गरेको संघका महासचिव गोपालकृष्ण गिरीले जानकारी दिए । यस्तै पूर्व अध्यक्षहरु नन्दबहादुर कार्की, निरक केसी, टेकबहादुर भण्डारी, सूर्यबहादुर खडका, विष्णुबहादुर शाहीलाई सल्लाहकारका रुपमा चयन गरिएको छ । सल्लाहकार समितिमा आजीवन विशिष्ठ सदस्य हरिशचन्द्र चलाउने, पूर्व पदाधिकारी पूर्णचन्द्र सापकोटा, रामकृष्ण लामिछाने, मदनबहादुर खड्का, कृष्णबहादुर भण्डारी र पूर्व कार्य समिति सदस्य राधा भण्डारीलाई पनि सल्लाहकार समितिमा समेटिएको छ । विभिन्न कालखण्डमा सुर्खेत उद्योग वाणिज्य संघकोे जिम्मेवारीमा रहि संघको उन्नती प्रगति र संस्थागत हितमा पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा पनि रचनात्मक सल्लाह सुझाव र सृजनात्मक सहयोगको अपेक्षा सहित सल्लाहाकार समिति गठन गरिएको महासचिव गिरीले बताए ।
संघले विगतका वर्षहरुदेखि आयोजना गर्दै आएको महोत्सवलाई यो वर्षपनि निरन्तरता दिने भएको छ । संघले आउँदो माघ २१ गतेदेखि फागुन २ गतेसम्म राष्ट्रिय स्तरको महोत्सव आयोजना गर्ने निर्णयपनि गरेको छ ।
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry