Surkhet Chamber of Commerce and Industry

Surkhet Chamber of
Commerce and Industry

  • About us
    • Executive Committee Member
    • Secretariat Staffs
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • American Corner Surkhet
    • Introduction
    • News Letter
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
सुर्खेतका नयाँ एसपी वीरेन्द्र श्रेष्ठको स्वागतमा संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रम
October 29, 2015
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले शान्तिसुरक्षाको प्रत्याभूति र आपराधिक घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाउन समयसापेक्ष रूपमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । हालै मात्र सरूवा भएर आएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ एसपी वीरेन्द्र श्रेष्ठको स्वागतमा संघले आज (विहीबार) वीरेन्द्रनगरमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष अधिकारीले यस्तो जोड दिनुभएको हो ।

जिल्लाको शान्ति सुरक्षा कायम राख्न अपरिहार्य आवश्यकता बनिसकेको सीसी क्यामेरा जडानको कामलाइ संघले प्रमुख प्राथमिकतामा राखेर सरोकारवाला निकायहरूसंग समन्वय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

जिल्लाको शान्तिसुरक्षा कायम राख्ने सवालमा निजी क्षेत्रका तर्फबाट संघले प्रहरी प्रशासनसंग विगतदेखि नै समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष अधिकारीले आगामी दिनमापनि निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको छ ।

नगर क्षेत्रको व्यक्तिगत तथा व्यवसायिक सुरक्षाका लागि बजार क्षेत्रमा सीसी क्यामेरा जडानको प्रयास नयाँ प्रहरी प्रमुखको कार्यकालमै पूरा हुने विश्वासपनि आफूले लिएको उहाँको भनाइ छ ।

कार्यक्रममा एसपी श्रेष्ठले वर्तमान अवस्थामा प्रहरी सक्रियता र सामाजिक सम्बन्धमा बिना शान्तिसुरक्षा कायम राख्न नसकिने भन्दै प्रहरीलाइ सामाजिक क्षेत्रबाट उत्तिकै सहयोग आवश्यक रहेको बताउनुभयो ।

सुर्खेत जिल्लामा शान्तिसुव्यवस्थाका चुनोतिका रूपमा देखिएका आपराधिक गतिविधिलाइ नियन्त्रण गर्न आफ्ने बल बुद्धिले विवेकले भ्याएसम्मको प्रयास गर्ने प्रतिवद्धतापनि उहाँले जनाउनुभयो ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव गोपालकृष्ण गिरीले बढिजसो चाडपर्वका बेला जाँडरक्सी र जुवातासकै कारण शान्तिसुव्यवस्थामा खलल पुगिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

उद्योग वाणिज्य संघका पूर्व क्षेत्रीय सदस्य टुकाराम लामिछानेले लागूपदार्थको बढ्दो प्रयोग र कारोवारले शान्ति सुरक्षा खल्बलीरहेको जिकिर गर्दै कडाइका साथ निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।
    
कम्प्युटर एशोसिएसयन महासंघका अध्यक्ष पूर्णप्रसाद अधिकारीले जिल्लामा जानी नजानकनै भएपनि अनलाइन तथा साइबर अपराध बढ्दै गएको भन्दै प्रहरीले चेतनामूलक र दण्डात्मक कारवाही गर्नुपर्ने सुझाव दिनुभयो ।

© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry