सुर्खेत उद्योग वाणिज्य संघका साधारण सदस्य एवं गुर्भाकोट नगरपालिकास्थित मालिका हर्बल सप्लायर्सका सञ्चालक श्री दिनेश वली सुर्खेत क्षेत्रका एक उदाहरणीय र सफल उद्यमी हुनुहुन्छ। उहाँले सुर्खेत तथा आसपासका जिल्लाहरूमा प्रचुर मात्रामा उत्पादन हुने टिमुर, अदुवा र बेसारको खेती र संकलन मात्र नगरी, ती वस्तुहरूलाई आधुनिक प्रविधिबाट प्रशोधन समेत गर्दै आउनुभएको छ। उहाँले आफ्ना उत्पादनहरूलाई भारतका साथै युरोप र अमेरिका जस्ता तेस्रो मुलुकहरूमा बर्सेनि निर्यात गरेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। यस निर्यात प्रक्रियामा आवश्यक पर्ने उत्पत्तिको प्रमाणपत्र तथा अन्य प्राविधिक सल्लाह र परामर्शका लागि उहाँले सुर्खेत उद्योग वाणिज्य संघद्वारा सञ्चालित ‘उद्यमी हेल्प डेस्क’ को सेवा र सहयोगलाई निरन्तर उपयोग गरिरहनुभएको छ। स्थानीय स्रोत र साधनको सही परिचालन गर्दै अन्तर्राष्ट्रिय स्तरको व्यवसाय विस्तार गर्न सफल दिनेशजी र उहाँको फर्म मालिका हर्बल सप्लायर्सको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुर्खेत उद्योग वाणिज्य संघ हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछ।